काठमाडौँ । “चाडपर्व मनाऔं, एनआई सी एशिया रेमिट सँगै”भन्ने नारासहित एन आई सी एशिया बैंकले नेपालीहरुको महान चाड दशँै तिहार, छठको शुभ उपलक्ष्यमा ग्राहकहरुलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने ब्यवस्था गरकोे छ ।
रेमिट रकम ग्राहकहरुले यस बैंकका २ सय ४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखारहित बैंकिङ्ग ईकाई एवं ६ हजार ५ सय भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सक्नेछन् । यो सुविधा आगामी आश्विन, कात्र्तिक एवं मङ्सिर महिनासम्म लागु रहने छ । योे समयमा ग्राहक महानुभावहरुले रकम पठाउँदा उच्च लाभ प्राप्त गर्ने र सहज तवरबाट यसबैंकमार्फत सजिलै रकम पठाउन र निकाल्न सक्नेछन् । यस बैंकले २०७५ आश्विन १ देखि २०७५ मङ्सिर २९ सम्म एनआई सी रेमिटमार्फत रकम पठाउने आफ्ना समस्त ग्राहकहरुलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ भदौ २०७५, १९ : २१
लेखकबाट थप