काभ्रे । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले मेरुदण्ड पक्षघात भइ अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि व्हील चियर वितरण गरेको छ ।
काभ्रेको सांगास्थित स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रले आयोजना गरेको विशेष कार्याक्रममा बैंकका नायव–महाप्रबन्धक रबिन सिजापतिले स्पाइनल इन्जुरी संघ नेपाललाई १३ वटाव्हील चियर हस्तान्तरण गर्नुभयो । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संघसस्था तथा देशका विभिन्न कला, सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पु¥याउदै आएको छ ।
व्हील चियर हस्तान्तरणपछि नायव–महाप्रबन्धक सिजापतिले मेरुदण्ड पक्षघात भइ अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि नेपाल इन्भेष्टमेण्टबैंक सदैब तयार रहेको उल्लेख गर्नुभयो । कार्याक्रममा स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रका अध्यक्ष प्रचण्ड श्रेष्ठले मेरुदण्ड पक्षघात भइ अपांग हुन पुगेका व्यक्तिहरुमध्ये ९५ प्रतिशत आफै हिड्डुल गर्न असक्षम भएको बताउँदै वार्षिक रुपमा आवश्यक पर्ने ३०० वटा व्हील चियर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थावाट प्राप्त सहयोगबाट पूरा गर्ने कोसिस गरिरहेको बताउनुभयो ।
आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को हाल ७७ वटा शाखा तथा १०२ वटा एटिएम छन भने सात वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्रका साथै बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।
भर्खरै यूरोमनि अवार्ड–“उत्कृष्ट बैंक नेपाल– २०१८” जितेको बैंकले पाँच पटकसम्म “बैंक अफ द इयर” अवार्ड प्राप्त गरिसकेकोे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ भदौ २०७५, १७ : १२
लेखकबाट थप