काठमाडौँ । लोसपा नेता राजेन्द्र महतो निष्कासित भएका छन् । अध्यक्ष महन्थ ठाकुरले पार्टी बैठक सकिएसँगै आयोजित पत्रकार भेटमा महतो पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उनी स्वतः निष्कासित हुन पुगेको जानकारी गराएका हुन् ।
विगतमा सद्भावना पार्टीबाट राजनीति गरेका महतो, तमलोपा हुँदै राजपामा आइपुगेका ठाकुरसहित पार्टी एकता हुँदै ०७६ सालमा जसपा बनेको थियो । त्यसमा पनि विभाजन आएसँगै ठाकुर, महतो लगायतहरु लोसपामा आइपुगेका थिए ।
अब महतोले नयाँ राजनीतिक अभियानमार्फत अघि बढ्ने घोषणा गरेका छन् । उनले यसअघि कुरा गर्दै लोसपा लोसे शक्ति भएकाले यसले हिमाल पहाड तराई जोड्न नसक्ने बताएका थिए । महतोले आफ्नो अभियानलाई राजनीतिक पार्टीमा रूपान्तरण गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका लागि लोसपाले सहकार्य गर्ने
लोसपाले जनमतबाहेक सबै दलसँग सहकार्य गर्ने
लोसपाको बैठक आजपनि बस्दै
लोसपाः केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
लोसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने
लोसपाको महासचिवमा यादव मनोनीत