काठमाडौँ । काठमाडौं पानी पोखरीस्थित केन्द्रीयकार्यालय रहेको आइएमई लिमिटेड र चुनदेवीमार्ग गणेश वस्ती महाराजगंज काठमाडौंमा अवस्थित बोता मःमबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले बोतामःममा १५ प्रतिशत विशेष छुट पाउनेछन् ।
काठमाडौंमा ४, ललितपुरमा १ र भक्तपुरमा आउँदै गरेको १ सहित कुल ६ आउटलेट रहेको बोतामःमका सबै आउटलेटमा यो सम्झौता लागु हुनेछ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट व्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोता मःमको तर्फबाट अपरेशन इन्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरेका छन् । यो सम्झौता यहि मिति २०७५ साल असोज १ गतेदेखि दुई वर्षसम्मका लागि लागु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ भदौ २०७५, १६ : २५
लेखकबाट थप