महालक्ष्मी विकास बैंकद्वारा भक्तजनहरुका लागि शुद्ध पिउने पानी वितरण

सफल खबर संवाददाता

आइतबार, ३१ भदौ २०७५, १६ : १२
महालक्ष्मी विकास बैंकद्वारा भक्तजनहरुका लागि शुद्ध पिउने पानी वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व लाई निरन्तरता दिँदै बैंकको केन्द्रीय कार्यालयले गत बुधवार हिन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको पावन अवसरमा श्रद्धालु भक्तजनहरुका लागि शुद्ध पिउने पानी वितरण गरेको छ । उक्त कार्यक्रममा बैंकले बिहान ६ बजे देखि साँझ ७ बजे सम्म दर्शनार्थीहरुलाई पानी वितरण गरेको थियो ।
बैंकको कालीमाटी शाखाले भने शुक्रबार ऋषि पञ्चमीको अवसरमा टेकु, काठमाडौँमा अवस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउनु हुने श्रद्धालु भक्तजनहरुका लागि निःशुल्क स्वास्थ्य शिविर लगायत शुद्घ पिउने पानी तथा जुस वितरण कार्यक्रम आयोजना गरेको थियो । ब्लु क्रस अस्पतालको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा करिब ५०० जना प्रत्यक्ष लाभान्वित भएका थिए ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस