निर्मला हत्या प्रकरण : डिआईजी धिरु बस्न्यातको नेतृत्वमा अर्को कमिटी गठन

सफल खबर संवाददाता

आइतबार, ३१ भदौ २०७५, १६ : ००
निर्मला हत्या प्रकरण : डिआईजी धिरु बस्न्यातको नेतृत्वमा अर्को कमिटी गठन

काठमाडौं  । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार प्रकरणमा उच्च तहबाट छानविन गर्ने भन्दै प्रहरी प्रधान कार्यालयले डिआईजी धिरु बस्न्यातको नेतृत्वमा अर्को कमिटी गठन गरेको छ ।
समितिका सदस्यहरुमा एसएसपी निरजबहादुर शाही, डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकी सहित ९ जना रहेका छन् ।
यसअघि गठन भएको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) उत्तम सुवेदीको नेतृत्वमा गठित कमिटीलाई पुनर्संरचना गर्दै प्रहरी हेड्क्वार्टरले डिआईजी बस्न्यातलाई आन्तरिक अनुसन्धान गर्ने जिम्मा दिएको हो ।

प्रतिक्रिया दिनुहोस