काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनले विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित पूर्वसुचना प्रणाली सम्बन्धी सिकाइ आदानप्रदान कार्यशालामा बोल्दै उनले, बढ्दो तापमानसँगै जलवायु परिवर्तनमा बद्लावहरु आइराखेको भन्दै त्यो बद्लावले विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताएका हुन् ।
उनले भने, ‘बढ्दो तापमानसँगै जलवायु परिवर्तनमा महशुस गर्न सकिने र देख्न सकिने खालका बद्लावहरु आइराखेका छन् । जलवायु परिवर्तनको। प्रभावको रूपमा मौसमजन्य घट्नाहरु दिनानुदिन दिन बढ्दै गइराखेका छन् । त्यो अनिम्ति प्रक्रियाको भएको कारणले विपद् व्यवस्थापन हामी सबैको लागि अलि बढी चुनौतीपूर्ण बनिराखेको छ ।’
उनले पूर्व सूचना प्रणालीलाई व्यवस्थित गर्न सकेमा विपद्जन्य जोखिमहरुबाट सुरक्षित गर्न सकिने धारणा राखे । उनले भने, ‘हामीले पूर्व सूचना प्रणालीलाई जति व्यवस्थित गर्न सक्छौँ । पूर्वानुमान पूर्व सूचनासम्म पुगेको सूचनाको प्रसारण सबैको बीचमका गर्न सकियो भने मलाई लाग्छ यो विपद्जन्य जोखमहरुबाट सुरक्षित गर्न धेरै हदसम्म सकिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलस्रोतको स्वामित्व र अधिकार नेपालमै निहित छ : मन्त्री बस्नेत
निजामती सेवालाई प्रभावकारी बनाउन जरुरी : मन्त्री बस्नेत
एक महिनाभित्र नवीकरणीय ऊर्जासम्बन्धी विधेयक संसद्मा पेस गर्छौ : मन्त्री बस्नेत