काठमाडौँ । बागमती प्रदेशका तेह्र जिल्लाका किशोरीहरूलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी)को दोस्रो मात्रा दिइँदै छ । गएको भदौमा डेमोस्ट्रेसन कार्यक्रमको रूपमा सातै प्रदेशका किशोरीहरूलाई लगाइएको पहिलो ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्धको खोपको दोस्रो मात्रा ६ महिनापछि आज दिन लागिएको हो ।
जसअन्तर्गत १४ वर्ष पूरा भई १५ ननाघेका किशोरी बालबालिकालाई काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोपको दोस्रो मात्रा दिइनेछ । खोप सबै प्रदेशका प्रदेशस्तरीय अस्पतालबाट दिइँदै छ ।
खोपको पहिलो मात्रा लिएकाले कार्ड लिएर दोस्रो मात्रा लिन तोकिएको अस्पतालमा गएर खोप लगाउन सक्नेछन् । एचपीभी एक प्रकारको जीवाणु हो जुन पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्त्व भएको विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ । पाठेघरको मुखको क्यान्सरमध्ये ९५ प्रतिशत एचपीभी जीवाणुले गराउँछ ।
एचपीभीका जीवाणुका २०० बढी प्रजाति हुने र तीमध्ये १६ र १८ प्रजातिले क्यान्सर गराउने हुनाले सरकारले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यही वर्षबाट १४ वर्ष पुर भएका र १५ वर्ष ननाघेका किशोरीहरूलाई निःशुल्क खोप लगाउने अभियान थालेको छ ।
दोस्रो मात्राको खोप अभियानमा चैत्र ६ गते लुम्बिनी प्रदेशमा र ७ गते कोशी, गण्डकी,कर्णाली र मधेश गरी एकै दिन चार प्रदेशमा खोप लगाइएको थियो । चैत्र ८ गते अर्थात् आज बागमतीमा र चैत १५ गते सुदूरपश्चिम प्रदेशमा खोप दिइँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश : प्रदेश मामिला समितिको सभापतिमा लामा चयन
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
रमा आले मगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी
बागमती प्रदेश सभाको बजेट अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस
बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा
बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा