काठमाडौं। निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गर्न सुझाव माग गरेको छ ।आयोगमा सहायक प्रवक्ता उपसचिव रामदत्त पाण्डेयले बुधवार विज्ञप्ति जारी गर्दै ऐन समयानुकूल संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै सुझाव माग गरिएको जनाएका हुन् ।
‘दलहरूको दर्ता व्यवस्थापन र नियमनलाई अझ बढी प्रभावकारी बनाउन हालको राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न आयोगले सम्बन्धित निर्वाचन आयुक्तको संयोजकत्वमा ऐन संशोधन निर्देशन समिति र आयोगका सचिवको संयोजकत्वमा ऐन संशोधन मस्यौदा समिति गठन गरी आवश्यक कार्य प्रारम्भ गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
आयोगले दर्ता कायम रहेका राजनीतिक दल, नागरिक समाज, आम सञ्चार जगत, सम्बद्ध निकाय तथा सरोकारवाला सबैले उक्त ऐनमा गर्नुपर्ने सुधारका सम्बन्धमा ई–मेल वा पत्रमार्फत् राय-सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ ।
यसअघि गत मंगलवार बसेको आयोगको बैठकले ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३’लाई संशोधन एवं परिमार्जन गर्न निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा ‘राजनीतिक दलसम्बन्धी ऐन संशोधन निर्देशन समिति’ गठन गरेको थियो ।
उक्त समितिले संशोधन परिमार्जन गर्नुपर्ने विषयमा राजनीतिक दल र अन्य सरोकारवालासँग अन्तरक्रिया, छलफल लगायतका कार्यक्रम गर्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा विभाजनको निर्णय यथास्थितिमा राख्न निर्वाचन आयोगलाई सर्वोच्चको आदेश
निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणाम
उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
आज मध्यरातिबाट मौन अवधि सुरु, यी कार्य गर्न निषेध
उपनिर्वाचनमा मतदान गर्न के के प्रमाणपत्र चाहिन्छ ?
निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने