काठमाडौं। सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको जवाफप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । जानकारी दिनुपर्ने निकायले प्रधानमन्त्रीलाई जानकारी नदिएको कांग्रेसको भनाइ छ ।
मंगलवार प्रतिनिधिसभामा प्रचण्डले जवाफ दिएपछि कांग्रेसले उठेर विरोध जनाएको थियो । त्यसपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रमाण फेला परेन भन्ने प्रधानमन्त्री प्रचण्डको भनाइले आफूहरू अचम्ममा परेको बताए ।
‘प्रधानमन्त्रीको जवाफले हामी चकित परेका छौँ । पीडितले भनेका कुरा प्रमाण होइन ? पीडितले दिएको उजुरी प्रमाण होइन ? पोखरा महानगरपालिकाले बनाएको प्रतिवेदन प्रमाण होइन, भने के प्रमाण हुँदा अनुसन्धान हुन्छ ? यतिका प्रमाणले अनुसन्धान नहुने हो भने केले प्रमाण हुने हो ?,’ लेखकले भने ।
लामिछानेका सम्बन्धमा पर्याप्त र धेरै प्रमाण भएकाे लेखकले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित
प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध
प्रतिनिधिसभा बैठक सुरु
संसद् बैठकको समय सर्यो
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो