सुर्खेत । सोमबार बस्ने भनिएको कर्णाली प्रदेश सभाको बैठक नबसेर नै स्थगित भएको छ ।
प्रदेशमा नयाँ सरकार गठन नभएको लगायतका कारण देखाउँदै बैठक स्थगित गरिएको हो । नयाँ सरकार पनि गठन नभएको र अर्कोतिर बिजनेस नहुँदा सदन चल्न नसकेको सभामुख नन्दा गुरुङले जानकारी दिइन् ।
‘खाली बैठक बस्नुको मात्रै औचित्य नभएकाले बैठक ९ गते सम्मका लागि स्थगित भएको छ,’उनले भनिन् । यसअघि तेस्रो अधिवेशनको पहिलो बैठक बुधबार बसेको थियो । प्रदेशमा नयाँ सरकार बनाउनका लागि प्रदेशका नेताहरू केन्द्रको निर्णय कुरेर बसिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, २० : ४७
लेखकबाट थप