काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले अब अर्को कुनै सरकार बनाउने प्रयास नहुने बताएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संसद्को वर्तमान कार्यकाल रहेसम्म अहिलेको सरकार कायम रहने बताएका हुन् ।
‘अब अर्को कुनै सरकार बनाउने प्रयास हुँदैन । वर्तमान सरकारको निर्णायक शक्तिको रूपमा रहेको एमालेले प्रधानमन्त्रीलाई समर्थन गरिसकेको छ’, उनले भने, ‘सरकारलाई आउने चार वर्षसम्म सहज रूपमा चल्न दिने दायित्व एमालेको हो ।’
वर्तमान सरकारले नै मुलुकमा देखिएका समस्या हल गर्ने भट्टराईको दाबी छ । उनले अहिले नै गठबन्धनभित्र आलोपालो प्रधानमन्त्रीको कुरा नभएको र एमालेले प्रधानमन्त्री पाउन कुनै दाबीसमेत नगरेको जिकिर गरे ।
‘१५-१५ महिना प्रधानमन्त्री पदको बाँडफाँट गर्ने सहमति पनि छैन’, भट्टराईले भने, ‘धेरै कुरामा त्याग गरेर नयाँ समीकरण बनेको छ । पदभन्दा पनि समीकरणलाई बलियो बनाउन ध्यान केन्द्रित गर्ने हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेखा समिति सभापति विपक्षीलाई दिन संविधान संशोधन गरौँ : योगेश भट्टराई
बीआरआईबाट ठोस लाभ प्राप्त गर्नेमा हामी आशावादी छौँ : योगेश भट्टराई
राजनीति चुनावमा उठ्न र भोट हाल्न चाहिने हो, अरुबेला एकतावद्ध भएर अगाडि बढ्नुपर्छ : योगेश भट्टराई
स्वार्थको द्वन्द्वसम्बन्धी कानून तत्काल निर्माण गर्नुपर्छ: योगेश भट्टराई
माओवादीलाई समेत साथमा लिएर संविधान संशोधन गरिन्छ : योगेश भट्टराई
प्रधानमन्त्रीको अस्थिरताबाट देशलाई थप बिग्रिन नदिन कांग्रेस-एमाले सहकार्य : योगेश भट्टराई