काठमाडौं । राष्ट्रियसभाको भावी अध्यक्षका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशित भएको छ।
संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाल र प्रतिपक्षीवाट युवराज शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए । जसअनुसार अन्तिम नामावली प्रकाशित गरिएको सचिवालयले जनाएको हो । दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र मोहम्मद खालिद (जसपा) रहेका छन् ।
उता प्रतिपक्ष नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार शर्माले पनि उम्मेदवारी दिएका हुन्। उनका प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा) रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ फागुन २०८०, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीमा कांग्रेसका सिटौला निर्वाचित
गण्डकीबाट कांग्रेसका किरण विजयी
कोशीमा एमाले उम्मेदवार कोइराला निर्वाचित
मधेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित
राष्ट्रियसभा निर्वाचन : बागमतीमा मतगणना सुरु
हर्क साम्पाङले पनि गरे मतदान बहिष्कार