चितवन । तनहुँको देवघाट गाउँपालिका-२, दराइटारमा चितामा आगो लगाउने क्रममा शुक्रबार जलेर दुई मलामी घाइते भएका छन्।
सोही ठाउँ बस्ने ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भई दाहसंस्कार गर्न धार्मिक परम्पराअनुसार दोमासे परेको भनी कालीगण्डकी नदी किनारमा कुशको लास बनाई कुशको चितामा पेट्रोल हाली आगो सल्काउने क्रममा दुई जना घाइते भएको प्रहरीले जनाएको छ।
पेट्रोलको लप्काबाट निस्केको आगोले जलेर देवघाट गाउँपालिका–२ डिगाउँ बस्ने ५२ वर्षीय नरबहादुर चितौरे र २७ वर्षीय लक्ष्मण सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मलामी पनि नभेटिने गरी रित्तियो गाउँ
मलामी बोकेको जिप मध्यराति भिरबाट खस्यो