मलामी बोकेको जिप मध्यराति भिरबाट खस्यो

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, ०८ : ५९
मलामी बोकेको जिप मध्यराति भिरबाट खस्यो

गुल्मी । गुल्मीको सत्यवतीमा मलामी बोकेर घाटबाट फर्किरहेको जिप भिरबाट खस्दा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गएराति पौने १२ बजे सत्यवती गाउँपालिका ४  मा जिप दुर्घटनामा परेको हो। 

जिप सडकबाट झण्डै ४० मिटर तल खसेको छ। मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा लु १ च ४३२० नम्बरको पिकअप जीप मौरीओडारस्थित शाहघाट लिम्घाको भित्री सडकमा दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनुहोस