काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार बनाउने र भत्काउने खेलमा नरहेको बारम्बार भनिरहे पनि आफूहरुका विषयमा भ्रम फैलाइएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले राप्रपा यो गठबन्धनमा सहभागी हुन इच्छुक भए पनि सहभागी नगराइएको भनी भ्रम फैलाइएको बताएका हुन् ।
‘कतिपय साथीहरुलाई भ्रम भयो, राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक थियो, उसले पनि प्रयास गरेको थियो भन्ने अर्थ लगाइयो मात्र होइन, कतिपय साथीहरुले हामीले नलिने भएका छौं भन्नुभयो’, उनले भने, ‘यसलाई राप्रपाले नोटिसमा राखेको छ ।’
राप्रपा अध्यक्ष लिङ्देनले आफूहरु सत्ताकेन्द्रित चलखेलमा सामेल छैन र हुँदैन भनिसकेपछि पनि आफूहरुबारे गलत टिप्पणी गरिएको गुनासो गरे । ‘राप्रपाले सहभागी हुन खोजेर पनि सहभागी हुन नपाएको हो भन्ने कुरा भ्रम नरहोस्, फेरि पनि भन्छु यसलाई हामीले नोटिसमा राखेका छौं । तपाईंको गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस् ।’
२०७९ पुस १० गते आफूहरु प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएको तर केही समयमा नै प्रधानमन्त्रीले बाटो फेरेपछि अलग भएको लिङ्देनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठूला दलहरूले मधेशलाई भोट बटुल्ने माध्यम मात्रै बनाए : राजेन्द्र लिङ्देन
बीआरआई अन्तर्गत सहुलियतपूर्ण ऋण लिन सकिन्छ भन्नु एमसीसीको व्याख्यात्मक टिप्पणी : राजेन्द्र लिङ्देन
सुदुरपश्चिम यात्रामा राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनको प्रश्न- राप्रपा बाहेक भ्रष्टाचारको विरोधी पार्टी कुन छ ?
विपदको क्षति न्युन गर्न सरकार चुक्यो : राजेन्द्र लिङ्देन
विपत्तिको क्षति न्यून गर्न सरकार चुक्यो : लिङ्देन