काठमाडौँ । नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयबाट औपचारिक रूपमा बिदाइ भएका छन्। नयाँ सत्ता समीकरण बनेसँगै पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि गृहमन्त्रालयको जिम्मेवारीमा रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आजबाट औपचारिक रूपमा बिदाइ भएका हुन्।
गृह मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै श्रेष्ठले आफ्नो कार्यकाल निकै सफल रहेको दाबी समेत गरेका छन्। नक्कली भुटानी शरणर्थी प्रकरण, ललितानिवास जग्गा प्रकरण र सुन काण्डमा महत्त्वपूर्ण सफलता हासिल गरेको बताउँदै अब बाँकी रहेका काम नयाँ गृहमन्त्रीले टुङ्ग्याउनुपर्ने उनको कथन छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणकाजी श्रेष्ठलाई फेरि पनि मन्त्रीमै कायम राख्ने भएका छन्। यसअघि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठ नयाँ गठबन्धनबाट पराराष्ट्रमन्त्री बन्ने भएका हुन्। माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्दै छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यवस्थाविरोधी शक्तिहरू सुनियोजित र व्यवस्थित रूपमा अघि बढेको देखिन्छ : नारायणकाजी श्रेष्ठ
चेकमा गलत रकम लेखेकै आधारमा अनादरको मुद्दा दर्ता गर्न हुँदैन् : नारायणकाजी श्रेष्ठ
पानी जहाज चढ्ने टिकटको वैधानिकता सकियो ? भन्दै नारायणकाजीले संसदीय समितिमा उठाए प्रश्न
झापाको घटनाप्रति क्षमा चाहन्छु : नारायणकाजी श्रेष्ठ
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चितवनमा
माओवादी संविधान संशोधनको पक्षमा छ : उपाध्यक्ष श्रेष्ठ