काठमाडौ । मन्त्रालय भागबन्डाका विषयमा सत्ता गठबन्धनका दलबीच आन्तरिक छलफल चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल भेट्न आज बालुवाटार पुग्दै छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार एमाले अध्यक्ष ओली अहिले केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नेछन्।
सत्ता गठबन्धनका दलबीच मन्त्रालय बाँडफाँट गर्न कार्यदलको बैठक बस्नुअघि दुई शीर्ष नेताबीच छलफल हुन लागेको हो।
यसअघि आजै प्रधानमन्त्री प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका नेता सम्मानित नेता झलनाथ खनालले पनि भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अहिले भने प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेबीच बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाँतको उपचार गराउन वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने
मधेशका जनताप्रतिको जिम्मेवारी भुलेको छैन: प्रधानमन्त्री प्रचण्ड
सर्लाही जाँदै प्रधानमन्त्री, के छ कार्यक्रम?
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार गम्भीर छ- प्रधानमन्त्री
राष्ट्रिय विकास परिषद् बैठक होटलमा राखेको भन्दै प्रधानमन्त्रीले जनाए असन्तुष्टि