काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ ।
उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘प्रधानमन्त्रीले पहिलो दिन संसद्मा सम्बोधन गर्नुहुनेछ,’ उनले भने । बर्तौलाले आजै प्रधानमन्त्रीलाई भेटेका थिए । भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएका र यहि कुरा सभामुखलाई आफूले सुनाएको बर्तौलाले जानकारी दिए ।
हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन् । त्यस्तै, उनले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीबाट महाशिवरात्रिको शुभकामना
जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
नेपाल मेडिकल कलेजको रजत जयन्तीमा प्रधानमन्त्री
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- भावी पुस्ताले बिर्सन नमिल्ने दिन ‘फागुन ७’
आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन हो : प्रधानमन्त्री ओली