सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

मंगलबार, १५ माघ २०८१, १० : ४४
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ९०० र चाँदीको १५ रुपैयाँ घटेको हो ।

महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ । सोही सुनको मूल्य अघिल्लो दिन १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै सोमबार तोलामा १ हजार ८५० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर १ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस