काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पनि भ्रष्टाचार नगर्ने र थाहा पाएसम्म अरू कसैलाई पनि भ्रष्टाचार गर्न नदिने बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित नेपाल बार एशोसिएशनको पहिलो युवा कानुन व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार कहाँ छ कहाँ छैन भन्ने ? कसको कुरा गर्दा कसलाई धक्का पर्ला । तर अहिलेको सरकार र म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि थाहा पाएसम्म गर्न दिन्नँ । भए नियन्त्रण गर्छु ।
भ्रष्टाचार नियन्त्रणको कुरा स्टन्टवाजी नभएको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।उनले हिजो बिहान उठेर सामाजिक सञ्जाल हेर्दा हिन्दीमा प्रधानमन्त्री केपी ओलीकी पत्नि राधिका शाक्यको स्वीजरल्याण्डको बैंकमा ४१ करोड डलर रहेको भन्ने सुनेको भन्दै यस्तो सुन्दा रिस उठ्नुपर्नेमा अव त रिस नै उठ्न छोडेको बताए ।
उनले कानुन बनाउँदा र संशोधन गर्दा कानुन व्यवसायीहरूका मागलाई समेत केन्द्रबिन्दुमा राखेर गरिने बताए । हरेक देशका संविधान संशोधन हुने भन्दै संविधान नभएका देशमा नजिर रहने र ती नजिर समेत संशोधन गरिने गरेको प्रधानमन्त्रीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, आजै मन्त्रिपरिषद्को बैठक बस्दै
प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री
सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न : प्रधानमन्त्री
थाइल्याण्ड भ्रमण अत्यन्त सफल र फलदायी रह्यो: प्रधानमन्त्री ओली