काठमाडौँ । भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोग गरेर नाबालिग किशोरीको चरित्रहत्या गर्ने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर २६ गोल्खुपाखा बस्ने वर्ष २२ का सुमन खत्री रहेका छन् ।
खत्रीले सामाजिक सञ्जाल फेसबुकमा नाबालिग किशोरीले पोस्ट गरेका फोटो डाउनलोड गरी विभिन्न फेक आईडी खोली ती आइडीबाट किशोरीको फोटो प्रयोग गरी अश्लील क्याप्सन लेख्नेका साथै आफन्तहरूलाई पठाउने गरेको पाइएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी उपरीक्षकका दीपक राज अवस्थीले जानकारी दिए ।
अश्लील तस्बिर, भिडियो, फेसबुक म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको भन्दै किशोरीको काकाको निवेदनका आधारमा अनुसन्धान गर्दा खत्रीको संलग्नता खुलेको अवस्थीको भनाइ छ ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा ब्युरोबाट खटिई गएको टोलीले गोल्खुपाखाबाटै पक्राउ गरी ५ दिन म्याद लिएर थप अनुसन्धान भइरहेको बताइएको छ । उनले अर्काको चरित्र हत्या गर्नकै लागि भीपीएन प्रयोग गरेर साइबर अपराध गरेको खुलेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चौध लाख किशोरीले लगाए क्यान्सरविरुद्धको एचपिभी खोप
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत
बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत भेटिए
परीक्षा बिग्रिएपछि तीन जना किशोरीले गरे विष सेवन
झापामा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
घाँसको भारी बोकेकी किशोरी भिरबाट खसिन्