चितवन। पूर्वप्रधानमन्त्री झलनाथ खनालले भरतपुरकी मेयर रेनु दाहाल प्रचण्डको मात्र छोरी होइनन् नेपालीकी छोरी भएको बताएका छन् ।भरतपुर भ्रमण वर्षको नारायणी किनारमा भइरहेको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री खनालले रेनुले गरेको कामको प्रशंसा गर्दे सो बताएका हुन् ।
खनालले भने, ‘रेनु दाहालको नेतृत्वमा यो आयोजना गर्नु भएको छ । तपाइँ कमरेड पुष्पकमल दाहालको छोरी मात्र होइन नेपालकी छोरी हो । धैरै कुराहरु पूरा गर्नुहोस् । शुभकामना दिन चाहन्छु । धेरै कुराहरु छन् । यसलाई विकास गर्ने व्यापक सम्भावनाहरु छन् ।
तपाइँका नीतिबाट समृद्ध चितवन बन्न सकोस्, देशलाई पनि अगाडि बढ्न प्रेरित गर्न सकोस् ।’ उनले रेनु दाहालले भरतपुरमा गरेको विकास निर्माण र भ्रमण वर्ष कार्यक्रमको प्रशंसा गरे ।पूर्वप्रधानमन्त्री खनालले दोस्रो जनआन्दोलनपछि तीन पटक सरकार परिवर्तन हुदा पनि नागरिकको अपेक्षाहरु पूरा गर्न नसकिएको भन्दै हामीले हिडेको बाटोको बारेमा समीक्षा गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘हामीले हिडेको बाटोलाई सिंहावलोकन गरौं, कहाँ कमजोरी भएको छ । एकचोटी छाती छामेर हेरौं, कहाँ कमजोरी भइरहेको छ । समृद्धितिर लान सम्भव छ ।’ उनले समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने सपना, दोस्रो जनआन्दोलनको उद्देश्य पूरा गर्न तिर लाग्नुपर्ने बताए ।
उनले भने, ‘ नीति र कार्यक्रम र बजेट तय गरौं । यो सुन्दरतामा सुगन्ध पनि थपिन्छ । हामीसँग सौन्दर्यको रुपमा भन्ने हो भने उत्तरतिर विशाल हिमश्रृङ्खलाहरु छन् । बिराट सम्भावनाहरु छन् ।’ उनले चितवन सभ्यता र सम्भावना बोकेको उपत्यका भएको बताए ।
उनले भने, ‘ चितवनमा विकास र रुपान्तरणका प्रक्रियाहरु ऋगाडि बढ्दै छन् । यो महोत्सव साच्चिकै महत्वपूर्ण महोत्सवको रुपमा प्रमाणित भएको छ । पर्यटनको विकासको क्षेत्रले कृषिलाई उछिन्न सक्छ । रेमिट्यान्सलाई पर्यटनलाई जित्न सक्छ । कूल ग्राहस्थ उत्पादनमा पर्यटनको योगदान ६ प्रतिशत बढी छैन, बामे सर्दे छ पर्यटन ।’
एकीकृत समाजवादी पार्टीका बरिष्ठ नेतासमेत रहेका खनालले २०६३ सालको परिवर्तन भएको दुई दशक बितेर तीन वटा सरकार बनिसक्दा पनि कृषि क्षेत्र गतिहिन भएको बताए । उनले भने, ‘ अझै देशलाई हेर्ने हो भने कृषि क्षेत्र गति हिन छ । पाँच प्रतिशत भन्दा बढी योगदान गर्न सक्ने अवस्थामा छैन ।
हाम्रो देशको उद्योगलाई गति दिन धेरै काम गर्नुपर्ने आवश्यकता छन् । देश समस्याग्रस्त छ । हरेक दिन तीन हजारको संख्यामा युवाहरु बाहिर जान विवश भएका छन् ।’ उनले प्राकृतिका साधनस्रोतको हिसाबले नेपाल सम्पन्न देश भए पनि यो कुरालाई फेर्नुपर्ने बताए ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्ता गठबन्धन दायाँबायाँ गर्ने पक्षमा छैनौँ : झलनाथ खनाल
एकीकृत समाजवादीले पूर्वप्रधानमन्त्री खनाललाई तोक्यो इलाम–२ को कमान्डर
समाजवादी बालुवाटारबाट आउँदैन, सडक संघर्ष गरौँ : पूर्वप्रधानमन्त्री खनाल