काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले चैत ३ गते काठमाडौँमा अन्तर्क्रिया गर्ने निर्णय गरेको छ । सोमबार नेपाल कम्युनिस्ट पार्टीको कार्यालय बुद्ध नगरमा बसेको मोर्चाको सचिवालय बैठकले चार वटै दलको शीर्ष नेताको उपस्थितिमा अन्तर्क्रिया गर्ने निर्णय गरेको सदस्य देव गुरुङले जानकारी दिए ।
‘बैठकले चैत ३ गते शीर्ष नेताहरूको उपस्थितिमा बृहत् अन्तर्क्रिया गर्ने निर्णय गरेको छ । अन्य केही भएको छैन । बाँकी विषय अन्तर्क्रियापछि गर्नेछौँ’, उनले भने । अन्तर्क्रिया कार्यक्रम बौद्धिक वर्ग, नागरिक समाज लगायत सबै पक्षलाई बोलाउने निर्णय भएको उनले जानकारी दिए ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले वामपन्थी शक्तिहरूलाई मोर्चामा आबद्ध गराउन लचिलो बन्ने, देशव्यापी भित्ते लेखन, ब्यानर प्रचार गर्ने, काठमाडौँसहित सातै प्रदेशका मुख्य सहरमा अन्तर्क्रिया कार्यक्रम गर्ने सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चाको बैठक सकियो
पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
समाजवादी मोर्चाको बैठक जारी
रत्नपार्कबाटअघि बढ्यो समाजवादी मोर्चाको जुलुस
समाजवादी मोर्चाको प्रदर्शन सुरु
भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्रै सम्बोधन गर्ने