एजेन्सी । तपाईले इमेलको लागि कुन प्लेटफर्म प्रयोग गर्नुहुन्छ ? यो प्रश्नको जवाफ दिनको लागि गुगलको जीमेल सेवाको नाम धेरैजसो मानिसको दिमागमा आउने गर्छ ।
किनकि जीमेल संसारको सबैभन्दा लोकप्रिय इमेल सेवा हो। तर, अब विश्वको सबैभन्दा लोकप्रिय माइक्रो ब्लगिङ प्लेटफर्म एक्स (पुरानो नाम ट्विटर) ले इमेल सेवाको मामिलामा गुगलसँग प्रतिस्पर्धा गर्न लागिरहेकाे खबर सार्बजनिक भइरहेकाे छ ।
वास्तवमा गुगलको जीमेलसँग प्रतिस्पर्धा गर्न एक्सले आफ्नो इमेल सेवा एक्समेल लन्च गर्न लागेको छ । एक्सको इमेल सर्भिसको बारेमा विगत केही सातादेखि चर्चा भइरहेको थियो तर अब टविटर (एक्स) को मालिक एलोन मस्कले एक्स को इमेल सेवा चाँडै सुरु हुने पुष्टि गरेका छन् ।
अहिले सम्म प्रयोगकर्ताहरूले संसारको सबैभन्दा ठूलो इमेल सेवा जिमेलका लागि कुनै राम्रो वैकल्पिक विकल्प फेला पार्न सकेका थिएनन् तर अब सायद एक्सले संसारभरका प्रयोगकर्ताहरूको यो कमीलाई भर्न सक्छ। वास्तवमा नेटाका एक एक्सका कर्मचारीले आफ्नो अधिकारीबाट पोस्ट गरे पछि यो तयारी सार्बजनिक भएको थियाे ।
वास्तवमा, पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा एउटा समाचार निकै छिटो फैलिरहेको छ, जसमा गुगलको जीमेल सेवा अर्को वर्ष देखि बन्द हुने बताइएको थियाे । यो खबर फैलिए पछि एक्सले पनि आफ्नो इमेल सेवा सुरु गर्ने घोषणा गर्यो।
तर, गुगलले साे लगत्तै आफ्नो जीमेल सेवा बन्द हुने हल्लालाई ब्रेक लगाएको छ । जीमेलको आधिकारिक एक्स खाता मार्फत पोष्टमा गुगलले पुष्टि गर्यो कि जीमेल सेवा सक्रिय रहनेछ, बन्द हुने छैन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १३ फागुन २०८०, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स
एक्सले काम नगरेपछि यसो भन्छन् मस्क
म ट्रम्पको प्राविधिक सहयोगी मात्रै हुँ : मस्क
मैले जर्बजस्ती सरकार कब्जा गरेको छैन : मस्क
यूएसएडविरुद्ध खनिए एलन मस्क- आपराधिक संस्था भन्दै मर्ने समय आएको दाबी
एक्समा एलन मस्कले फेरे आफ्नो नाम