ललितपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरूको पुनः नामकरण हुनु पर्ने माग गरेका छन् । देशव्यापी जनताको मागलाई बेवास्ता गरी सरकारले पहाड नदी खोला नालाको नाममा प्रदेशको नामकरण गरेकोमा उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
शनिबार ललितपुरको महालक्ष्मीस्थानमा समाजवादी तामाङ संघले आयोजना गरेको नयाँ वर्ष सोनम् ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै पहिचानका आधारमा प्रदेशलाई नामकरण गर्न सरकारले ढिलाइ गर्न नहुने उनको भनाई थियो ।
‘जनताको माग एकातिर छ, तत्कालीन सरकारले खोलानालाको नाममा प्रदेशको नामकरण गर्यो, त्यो हामीलाई मान्य छैन’, जसपा अध्यक्ष यादवले भने, ‘नामकरणको विषयमा मधेस प्रदेशबाहेक सबै प्रदेशमा चरम असन्तुष्टि छ, सरकारले यसलाई समय छँदै सम्बोधन गर्नुपर्छ ।’
पहिचानका लागि पूर्वी नेपालमा जारी आन्दोलनलाई जनताको माग अनुसार सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले मधेसबाहेक बाँकी ६ वटै प्रदेशमा पहिचान आधारित पुनः नामकरणको आन्दोलनले विस्फोटक रूप लिन सक्ने दाबी गरे । मधेसका जनताको ठुलो संघर्ष र बलिदानीले मात्रै सो प्रदेशको नाम मधेस प्रदेश सम्भव भएको स्मरण गर्दै उनले पहिचानको मागलाई बेवास्ता नगर्न सरकारलाई सचेत गराए ।
मधेसी, आदिवासी जनजाति, दलित, सीमान्तकृत जनताले अधिकार र पहिचानका लागि संयुक्त रूपमा संघर्ष गर्नुपर्नेमा उनले जोड दिए । ‘एक्लै लडेर हुँदैन, अधिकार प्राप्तिका लागि सबै उपेक्षित जनता एक ठाउँमा उभिनुपर्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ फागुन २०८०, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव
जसपा नेपालका अध्यक्ष यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
जसपा नेपालका अध्यक्ष यादव चिली भ्रमणमा जाँदै
एनजीओको कार्यक्रममा भाग लिन उपेन्द्र यादव दिल्लीमा
उपेन्द्र यादवको मुद्दा हेर्न नमिल्नेमा
लोकतन्त्र स्वेच्छाचारीतन्त्रमा बदलिँदैछ : उपेन्द्र यादव