काठमाडौँ । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको सचिवालयले बताएको छ ।
सचिवालयका अनुसार बैठकले देशभर भित्ते लेखन, व्यानर राख्ने, काठमाडौँमा बृहत्त अन्तरक्रिया गर्ने, मोर्चाको मुखपत्र निकाल्ने लगायतका कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । त्यसका लागि आइतबार नेकपाको कार्यालय बुद्धनगरमा सचिवालयको बैठक बोलाएको समेत जनाइएको छ ।
विप्लवले नेतृत्व लिएपछि मोर्चाको यो पहिलो बैठक बसेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ फागुन २०८०, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माघ २४ गते काठमाडौँमा विरोध सभा गर्ने समाजवादी मोर्चाको निर्णय
आलोकनगरमा समाजवादी मोर्चाको बैठक
समाजवादी मोर्चाको वृहत् अन्तरक्रिया कार्यक्रम आज
समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा बृहत कार्यक्रम गर्ने
६ महिनापछि पहिलो पटक समाजवादी मोर्चाको बैठक आलोकनगरमा
समाजवादी मोर्चाको बैठक बस्दै