काठमाडौं । नायिका रेखा थापालाई पुत्री लाभ भएको छ । उनले शुक्रबार सामाजिक सन्जाल फेसबुकमार्फत पुत्री लाभ भएको जानकारी दिएकी हुन् ।रेखाले आफू अस्पतालको शय्यामा सुतेर छोरीलाई अंगालेको र श्रीमान् छेउमा बसेको तस्बिर सार्वजनिक गरेकी छन् । उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राख्ने समेत खुलाएकी छन् ।
फोटो सार्वजनिक गर्दै उनले लेखेकी छन्, ’हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ ।’ रेखा गत मंसिरले सन्तालाई अमेरिकामा जन्म दिने योजनाअनुसार त्यसतर्फ प्रस्थान गरेकी थिइन् । यस विषयमा उनको आलोचनासमेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्रविरुद्ध खनिइन् रेखा थापा
विशेष महाधिवेशन गरेर राप्रपा नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ : रेखा थापा
उपहारलाई लिएर उत्साहित रेखा