विशेष महाधिवेशन गरेर राप्रपा नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ : रेखा थापा

सफल खबर संवाददाता

मंगलबार, ११ असार २०८१, १२ : ४१
विशेष महाधिवेशन गरेर राप्रपा नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ : रेखा थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ रेखा थापाले राष्ट्रवादी आन्दोलनलाई मूर्तरुप दिन पार्टीको विशेष महाधिवेशन गर्दै नयाँ ऊर्जा लिएर अघि बढ्नु पर्ने सुझाएकी छन् ।

राप्रपा भित्रको सुस्त संगठन र पार्टीमा आकर्षणको कमी भएको बेला विशेष अधिवेशन गर्न हिचकिचाउनु नहुने र यस्तो कदम पार्टी तथा विचारको हितमा हुने राप्रपा कार्यसम्पादन समिति सदस्यसमेत रहेकी थापाको धारणा छ ।

‘पार्टी प्रक्रियासम्मत ढंगबाट अघि बढ्न सकिराखेको छैन, गुट उपगुट मौलाएको छ । संगठन सुस्त छ, आकर्षणमा कमी छ, यस्तो बेलामा विशेष महाधिवेशन गरेर नयाँ ऊर्जाका साथ अघि बढ्न सके राष्ट्रवादी आन्दोलनले मूर्तरुप लिन्छ । पार्टी र विचारको हित हुन्छ,’ मंगलबार एक्समा थापाले भनेकी छन् ।

पार्टी जीवनमा यस्तो निर्णय लिन हिचकिचाउनु नहुने उनको भनाइ छ ।