काठमाडौँ । नेकपा एमालेका योगेशकुमार भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीज्युले स्वच्छ र स्वतन्त्र ढङ्गले उपकुलपति नियुक्ति गर्ने भने पनि अन्तिममा पारदर्शी बन्न नसकेको जिकिर गरे ।
उनले अनुसन्धान, प्रस्तुतिमा कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राख्ने र अन्तर्वार्ता शिक्षामन्त्री र शिक्षा सचिवले लिने प्रक्रियाबाट योग्य व्यक्ति छनोट हुन नसक्ने बताए । उनले पार्टीभित्रका गुटका मानिसलाई उपकुलपति नियुक्ति गर्न लागिएको भन्दै उनले उपप्राध्यापकले उपकुलपतिको अन्तर्वार्ता लिने कुरा राम्रो नभएको बताए ।
उनले अहिलेको उपकुलपति नियुक्ति प्रक्रियाको भर्त्सनासमेत गरे । अहिलेको उपकुलपति नियुक्ति प्रक्रिया तत्काल बन्द गरी स्वतन्त्र र निष्पक्ष ढङ्गले उपकुलपति छनोट प्रक्रिया अघि बढाउन माग गरे ।उनले पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको अवस्था पनि त्रिविको जस्तै रहेकाले सोबारेमा पनि विशेष ध्यान दिन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेखा समिति सभापति विपक्षीलाई दिन संविधान संशोधन गरौँ : योगेश भट्टराई
बीआरआईबाट ठोस लाभ प्राप्त गर्नेमा हामी आशावादी छौँ : योगेश भट्टराई
राजनीति चुनावमा उठ्न र भोट हाल्न चाहिने हो, अरुबेला एकतावद्ध भएर अगाडि बढ्नुपर्छ : योगेश भट्टराई
स्वार्थको द्वन्द्वसम्बन्धी कानून तत्काल निर्माण गर्नुपर्छ: योगेश भट्टराई
माओवादीलाई समेत साथमा लिएर संविधान संशोधन गरिन्छ : योगेश भट्टराई
प्रधानमन्त्रीको अस्थिरताबाट देशलाई थप बिग्रिन नदिन कांग्रेस-एमाले सहकार्य : योगेश भट्टराई