सलाम एयरलाइन्सको नेपालमा सेवा विस्तार

मंगलबार, २६ भदौ २०७५, १८ : १४
सलाम एयरलाइन्सको नेपालमा सेवा विस्तार

काठमाडौं । ओमनको पहिलो बजेट क्यारियार सलाम एयरलाइन्सले नेपालमा सेवा विस्तार गरेको छ । 
आइएमई ग्रुपको पहलमा सेवा विस्तार गरेको एयरलाइन्सले आज विहान आफ्नो पहिलो उडान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
२०१७ बाट मस्कटलाई आफ्नो हव बनाइ १७४ सिट क्षमता रहेको एयरबस ३२० बाट सञ्चालित एयरलाइन्सको काडमाडौ १६ औ हवाइ गन्तव्य हो ।
यात्रुहरुको सेवा सुविधालाई मध्यनजर गर्दै लाइट ,फ्रन्डली र फ्लेक्सी गरी तीन किसिमको हवाइ भाडा निर्धारण गरेको छ । त्यस्तै व्यवसायी क्षमता अभिवृद्धि गर्ने हेतुका साथ कुनै पनि यात्रु एक वर्षमा १० पटक यात्रा गरेमा एक वटा टिकट निशुल्क दिने योजना एयरलाइन्सले सुरु गरेको छ ।
सलाम एयरलाइन्सले नेपालमा पनि सेवा सुरु गरेसंगै वैदेशिक रोजगारीका लागि मध्यपुर्व एसिया राष्ट्रहरुमा जाने नेपालीहरुका लागि प्रत्यक्ष्ँ लाभ हुने र नेपालको पयर्टन प्रवद्धनमा समेत सहयोग पुग्ने अपेक्षा छ । एयरलान्सले नेपाल नागरिक उडड्यान प्राधिकरणले दिएको समय तालिका अनुसार काठमाडौका लागि विहान ८ बजे अवतरण र ८.४० मा उडान भर्नेछ । 


 

प्रतिक्रिया दिनुहोस