काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जनआन्दोलनको कार्यक्रम आजबाट सुरु हुँदै छ ।
राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखी जनप्रदर्शन गर्न लागेको हो ।
आजबाट काठमाडौँ सहित देशभरका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तथा दबाबमूलक कार्यक्रम गर्ने बताइएको छ । राप्रपाले यो आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएकाले पार्टीका सबै नेता-कार्यकर्ताहरूलाई गम्भीर भएर लाग्न निर्देशन दिइसकेको छ ।
आफूले राखेका मागहरू पूरा नभएसम्म आन्दोलन स्थगित नगर्ने राप्रपाको अडान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
पृथ्वी जयन्तीको अवसरमा राप्रपाको चियापान समारोह (तस्बिरमा )
राप्रपाको चियापानमा राज्यका सबै अंगका प्रमुखलाई निम्तो
राप्रपाले पुष २७ गते दरबारदेखि सिंहदरबारसम्म राष्ट्रिय एकता ऱ्याली गर्ने
उपनिर्वाचनको नतिजाबारे अध्ययन गर्न राप्रपाले बनायो समिति
राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक आज पनि बस्दै