सहायक हबलदारसहित १० प्रहरी सम्पर्कविहीन

सफल खबर संवाददाता

आइतबार, ११ फागुन २०८१, ०८ : २१
सहायक हबलदारसहित १० प्रहरी सम्पर्कविहीन

काठमाडौ । एकजना प्रहरी सहायक हबलदारसहित नेपाल प्रहरीका १० जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ। 

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरुलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। 

गैर हाजिर हुनेमा सहायक अबलदार, प्रहरी जवान र कार्यालय सहयोगी छन्। 

प्रतिक्रिया दिनुहोस