बेलुन पड्किएको घटनाः भारतीय नागरिक दैनिक हाजिरी जमानीमा रिहा

सफल खबर संवाददाता

शुक्रबार, ०९ फागुन २०८१, ०९ : १८
बेलुन पड्किएको घटनाः  भारतीय नागरिक दैनिक हाजिरी जमानीमा रिहा

काठमाडौ । गत शनिबार पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन सत्रमा बेलुन पड्किएको घटनामा पक्राउ परेका भारतीय नागरिक रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले भारतीय नागरिक कमलेश कुमारलाई दैनिक हाजिरीमा छाड्न बिहीबार आदेश दिएको हो ।

उक्त घटनामा नेपाल सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए । उक्त घटना गराएको बेलुनमा अनुमति बिना हाइड्रोजन ग्याँस भरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन गर्ने क्रममा उनै कमलेशले बेचेको बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट झिल्को लाग्दा विस्फोट भएको थियो । 

घटनाको छानबिन गर्न प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले छानबिन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस