उर्जामन्त्री दिपक खड्कालाई आफ्नै राज्यमन्त्रीको अड्को

प्रधानमन्त्रीले कांग्रेसको काँधमा बन्दुक राखेर पडकाउन खोजेको आरोप

सफल खबर संवाददाता

शुक्रबार, ०९ फागुन २०८१, ०९ : २५
उर्जामन्त्री दिपक खड्कालाई आफ्नै राज्यमन्त्रीको अड्को

काठमाडौं । उर्जामन्त्री दिपक खड्कालाई आफ्नै मन्त्रालयका राज्यमन्त्रीले चुनौती दिन थालेका छन् । कांग्रेसका नेता समेत रहेका मन्त्री खड्का प्रधानमन्त्री केपी ओलीको ब्यक्तिगत स्वार्थलाई बोकेर हिड्न थालेको भन्दै राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङ  असन्तुष्ट हुन थालेका छन् ।

प्रधानमन्त्री ओलीको योजनामा उर्जामन्त्री खड्का विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्न चाहिरहेका छन् । अव कार्यकाल मात्र ६ महिना बाँकी रहेका घिसिङलाई पदमुक्त गराउन प्रधानमन्त्री ओली र उर्जामन्त्री खड्का दिनरात योजना बनाउँदै हिडिरहेका छन् ।

तर, उर्जामन्त्रालयकै उर्जाराज्यमन्त्री यस्तो योजनामा सहमत छैनन् । उनले काम गर्ने मान्छेलाई हटाउन खोजेर प्रधानमन्त्री र उर्जामन्त्रीले गलत गरिरहेको बताउन थालेका छन् ।

फागुन ६ गते उर्जामन्त्रीले क्याबिनेट बैठकमै घिसिङलाई पदमुक्त गर्ने प्रस्ताव बोकेर लगेपछि उर्जाराज्यमन्त्री फायर भएका छन् । एमाले योजनामा किन हिड्ने रु काम गरिरहेको र अवकास पाउनै लागेका कर्मचारीलाई किन हटाउने रु भन्दै राज्यमन्त्री तामाङ असन्तुष्ट छन् ।

घिसिङलाई हटाउन क्याबिनेटमा प्रस्ताव लगेका उर्जामन्त्री खड्काको प्रस्तावलाई राज्यमन्त्री तामाङले कांग्रेसका अन्य नेता परिचालन गरेर रोक्न लगाएका छन् । घिसिङलाई हटाउँदा कांग्रेसलाई झट्का लाग्ने भन्दै उनले प्रधानमन्त्रीले कांग्रेसको काँधमा बन्दुक राखेर पडकाउन खोजेको कुरा कांग्रेसले प्रष्ट बुझनु पर्ने भन्दै लविङ गरेका थिए ।

क्याबिनेटमा कांग्रेसभित्रकै दुई थरी मत देखिएपछि गृहमन्त्री समेत रहेका नेता रमेश लेखकले पनि असन्तुष्टि पोखेका थिए । गृहमन्त्रीकै असहमति पछि प्रधानमन्त्री ओली यस विषयमा थप छलफल गर्ने भन्दै तत्काल पछि हटेका छन् ।

यद्यपी उर्जामन्त्री खड्का अझै पनि प्रधानमन्त्रीसँगै कुलमानलाई हटाउनेमै अडिग छन् । घिसिङले विद्युतको महशुस नबुझाउने उधोगी ब्यवसायीको लाइन काट्ने लगायतका काममा अडिड लिएपछि ब्यापारीको योजनामा खड्का लागेका छन् । प्रधानमन्त्री पनि विद्युत महसुस नबुझाउने उधोगीको पक्षमा उभिएपछि यस विषयमा चर्को विवाद भईरहेको छ ।

आफ्नै मन्त्रालयका राज्यमन्त्री मन्त्री खड्कालाई चुनौति दिने गरी हिड्न थालेपछि उर्जामन्त्रालय लथालिंग हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस