काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ ।
गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानविन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै एमालेले विरोध जनाएको छ ।
आजको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले ज्वालालाई बर्खास्त गर्न माग गरे । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ नेकपा एमाले र रास्वपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले एमालेका सचेतक महेश बर्तौलालाई समय दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ फागुन २०८०, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीड जम्मा गरेर कानूनी प्रक्रियामा अवरोध गर्नु अपराध हो : महेश बर्तौला
दल विभाजन अध्यादेश सरकारले आवश्यकताको आधारमा ल्याउन सक्छ : महेश बर्तौला
ओली नेतृत्वको सरकारलाई असफल हुने छुट छैन : महेश बर्तौला
सरकार ७६ (२) अनुसार नै बन्ने महेश बर्तौलाको दाबी
काँग्रेसले द्वन्द्व र मुठभेडको अवस्था निम्त्याउन खोज्यो : महेश बर्तौला
अर्थमन्त्रीले कानमा कपास राखेर भए पनि संसदमै बजेट पढ्नुहुन्छ : एमाले