काठमाडौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि छनोटमा परेका १४ जनाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण सकिएको छ।
सिफारिस समितिका सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारीले बुधबारबाट प्रस्तुतीकरण सकिएको जानकारी दिँदै भने– ‘हिजो बुधबार ३ बजेदेखि ५ जनाको प्रस्तुतीकरण सक्यौं, अब केही दिनपछि अन्तर्वार्ताको प्रक्रिया शुरू गर्नेछौं ।’ मन्त्रालयले एक साताभित्र नाम सिफारिस गर्ने तयारी गरेको बताइएको छ ।
सिफारिस समितिका संयोजक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई राजधानीमा नभएको कारण अन्तर्वार्ताको मिति तय हुन नसकेको खबर नेपाल समाचारपत्रमा छँपिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ फागुन २०८०, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि खुलायो मौका परीक्षा फारम
माघ ११ सम्म थपियो त्रिविमा स्नातक तहको भर्ना समय
त्रिविद्वारा २४ वटा क्याम्पसमा प्रमुख नियुक्त, को कहाँ ?
अब दीक्षान्तको शैली बदल्दै त्रिवि
त्रिविमा ८ डीन नियुक्त