काठमाडौँ। एमालेका प्रमुख सचेतक पदम गिरीले पार्टीको उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सबै मन्त्रालयका सचिवहरुसँग भएको छलफल महत्त्वपूर्ण भएको बताएका छन् ।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफल पश्चात् उनले एमालेले गरेका माग र दिएका सुझावहरू सरकारले गम्भीरतापूर्वक लिएको महसुस भएको सञ्चारकर्मीलाई बताए ।
झुलाघाटदेखि चिवा भन्ज्याङ्सम्मको मध्य पहाडी क्षेत्रमा गरेको सङ्कल्प यात्राबाट प्राप्त ७ सय ७३ वटा माग र सुझावहरू एमालेले माघ ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुझाएको मागपत्रबारे प्रधानमन्त्री दाहालले सुझावहरू सरकारका लागि निकै महत्त्वपूर्ण दस्ताबेज हुनुका साथै कार्यान्वयन गर्न आवश्यक निर्देशन पनि दिने बताएका थिए । त्यसबारे सकारात्मक कुरा भएको पनि सचेतक गिरीले जानकारी दिएका छन् ।
उनले भने, ‘प्रधानमन्त्रीले पनि नेकपा एमालेले सरकारलाई बुझाएको सुझाव सरकारका लागि निकै महत्त्वपूर्ण दस्ताबेज हुनुका साथै नीति, बजेट, सुशासनका एजेन्डाहरू बनाउने सन्दर्भमा मार्ग दर्शन बन्न सक्ने भन्नुभएको थियो । यसलाई कार्यान्वयन गर्न आवश्यक निर्देशन पनि दिने कुरा भएको थियो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाउन्स चेकको भुक्तानीमा १० प्रतिशत ब्याज लाग्ने प्रस्ताव
संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्छौंः कानूनमन्त्री गिरी
सहकारी छानबिनसम्बन्धी संसदीय समितिको कार्यादेशमा सहमति हुन्छ : मन्त्री गिरी
संसदीय छानबिन समितिको कार्यादेश तयार
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई एक हप्ताभित्र टुंग्याउनुपर्छ : मन्त्री गिरी
महिला न्यायाधीशका काम तुलनात्मकरूपमा विवादरहित छन् : कानूनमन्त्री गिरी