काठमाडौँ। नेकपा एमालेका सांसद पदम गिरीले चेक बाउन्स भएपछि भुक्तानी गर्दा दश प्रतिशत ब्याज दिनुपर्ने प्रस्ताव गरेका छन् ।‘बैकीङ कसूर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक’मा सांसद गिरीले यस्तो व्यवस्था थप गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
प्रस्तावित विधेयकको दफा ४ मा रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्था छ । कसैले त्यस्तो चेक जारी जाहेरी हुँदै सम्बन्धित जिल्ला अदालतमा मुद्दा लाग्छ ।यस्तो अवस्थामा भुक्तानी गर्दा दश प्रतिशत ब्याज दिनुपर्ने प्रस्ताव सांसद गिरीको छ ।
‘रकम भुक्तानी सँगसँगै चेकको मिति र भुक्तानीको दिनसम्मको वार्षिक १० प्रतिशतका दरले ब्याज समेत पनि दिनुपर्नेछ’ प्रस्तावित विधेयकमा थप गर्नुपर्ने सांसद गिरीको प्रस्ताव रहेको छ ।
कसैले रकम मौज्दात नभई चेक जारी गरे त्यसविरुद्ध सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था छ ।प्रस्तावित विधेयकको दफा ८ अनुसार चेक अनादर गरेको प्रमाणित भएको मितिले तीन महिनाभित्र जाहेरी दिन सकिनेछ र त्यसरी जाहेरी परेको मितिले ३ महिनाभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ ।
एमाले सांसद गिरीले चेक अनादरको जाहेरी दिने समयाअवधि पनि ३ महिना नभएर एक वर्ष राख्नुपर्ने प्रस्ताव गरेका छन् ।‘चेक अनादर गरेको प्रमाणित भएको मितिले एक वर्षभित्र जाहेरी दिन सकिनेछ भनेकोमा एक वर्ष भन्ने कायम गर्ने र जाहेरी परेको मितिले तीन महिनाभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गरिसक्नु पर्नेछ भनेकोमा एक वर्ष भित्र मुद्दा दायर गरिसक्नुपर्नेछ भन्ने कायम गर्ने’, सांसद गिरीको प्रस्ताव छ ।
यसरी मुद्दा परेर फैसला भएपछि हुने भुक्तानीमा दश प्रतिशत ब्याज थप गरेर दिनुपर्ने प्रस्ताव सांसद गिरीले राखेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ साउन २०८१, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेको निर्वाचन प्रणालीबाट एउटै दलले बहुमत ल्याउँछ भन्नु आदर्शवादी कुरा मात्र हो : पदम गिरी
संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्छौंः कानूनमन्त्री गिरी
सहकारी छानबिनसम्बन्धी संसदीय समितिको कार्यादेशमा सहमति हुन्छ : मन्त्री गिरी
संसदीय छानबिन समितिको कार्यादेश तयार