अस्पतालको लापरवाहीबाट बालकको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०७५, २० : ११
अस्पतालको लापरवाहीबाट बालकको मृत्यु

चितवन । सर्पको डसाईबाट घाइते भएका बालकको मृत्यु भएको सर्पविद् डाक्टर देव पाण्डेले बताउनु भएको छ ।  सोमबार भरतपुरमा पत्रकारहरुसंग कुराकानी गर्दै पाण्डेले भरतपुर अस्पतालले बालकको उपचारका लागि सामान्य प्रक्रिया समेत सुरु नगरेको दाबी गर्नुभयो । सर्पदंशको उपचार सम्बन्धी विद्यावारिधि गर्नु भएका पाण्डेले बिरामी उपचार गर्न समयमै आएपनि बालकको उपचारका लागि अस्पतालले परामर्श नगरी मेडिकल कलेज भरतपुरमा पठाएको बताउनु भयो ।
उहाँका अनुसार भरतपुर अस्पतालले बिरामी आएको समयमा लापरबाही नगरी उपचार गरेको भए यी बालकको मृत्यु हुने थिएन । अस्पतालले उपचारका लागि खासै चासो नदिएको पनि उहाँले बताउनु भयो । 
‘बिरामी तुरुन्तै आएको अवस्थामा एन्टीभेनम औषधि लगाउनु पर्छ । बिरामीले मुखबाट फिँज निस्कने र श्वास फेर्न असजिलो हुने अवस्थामा एन्टिभेनम तुरुन्तै लगाउन मिल्दैन, तर ईन्ट्रोकियल ट्यूव र एम्बुब्याग (हावाबाट सास दिने) को प्रयोग गर्न सकिन्छ । त्यो पनि भरतपुर अस्पतालले गरेको छैन’ उहाँले भन्नुभयो, ‘अस्पतालमा विरामी आएपछि उसको निगरानी अस्पतालले नै गर्नु पर्ने हो । तर प्राथमिक उपचार नगरी अर्को अस्पताल पठाएको छ । यो भरतपुर अस्पतालको ठूलो गल्ती भएको देखिन्छ ।’
सर्पको डसाईपछि उपचारमा गर्न भरतपुर आएका भरतपुर १५ मंगलपुरका ३ वर्षका सविन विकको भदौ २० गते मत्यु भएको थियो । भरतपुर अस्पतालले उपचार नगरेपछि कलेज अफ मेडिकल साईन्सेज (पुरानो मेडिकल कलेज), नारायणी सामुदायिक अस्पताल, निको बाल अस्पताल र चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा विकका आफन्तले उपचार गर्न पु¥याएका थिए । तर ती सबै अस्पतालले पनि भर्ना नलिएपछि उनका आफन्तले पुनः भरतपुर अस्पतालमा नै लगेका थिए । 
यस घटनाको बारेमा भरतपुर अस्पतालले सर्पदंसको लागि छुट्याएको आइसीयुमा बिरामी रहेको जानकारी दिएपछि बिरामीका आफन्तले कलेज अफ मेडिकल साईन्सेज लगेको र सबै स्थानमा डुलाउँदा ढिलो भएर बालकको मृत्यु भएको थियो ।

यो पनि 
बालक मृत्युको घटनाप्रति भरतपुर अस्पतालले भन्यो– ‘मानवीय त्रुटि’

प्रतिक्रिया दिनुहोस