नयाँ योजनाका साथ खानेपानी आयोजनालाई अगाडी बढाउन मन्त्री मगरको निर्देशन

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०७५, १९ : १५
नयाँ योजनाका साथ खानेपानी आयोजनालाई अगाडी बढाउन मन्त्री मगरको निर्देशन

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले नयाँ योजनाका साथ खानेपानी आयोजनाका कामलाई अगाडी बढाउन सरोकारवाला निकायलाई निर्देशन दिएकी छन् ।  खानेपानी मन्त्रालयमा सोमबारबाट सुरु भएको साप्ताहिक बैठकमा बोल्दै मन्त्री मगरले साना ठूला आयोजनाहरुको कामको गति थप्नुपर्ने भन्दै यस्तो निर्देशन दिएकी हुन् ।

उनले पुराना योजनाहरुको प्रगति सन्तोषजनक रहेपनि त्यतिले मात्रै नपुग्ने भन्दै कामको गति बढाउन सरोकारवाला निकायलाई निर्देशन दिइन् । ‘जनताले महसुस गर्ने गरी कामको नतिजा निकाल्नुपर्छ’ विभागीय प्रमुखहरुलाई निर्देशन दिदै मन्त्री मगरले भनिन् ‘पुरानो ढर्राले नभई नयाँ तरिकाले कामलाई अघि बढाउनुपर्छ । जनताका गुनासो आउन दिनु भएन । कामको प्रगति के कसो भईरहेको छ ? कहाँ समस्या आईरहेको छ, मलाई निर्धक्क भएर भन्नुस, म त्यसको समाधान निकाल्ने प्रयत्न गर्छु ।’

बैठकमा मेलम्चीको काम समयमै सक्न पनि उनले निर्देशन दिइन् । जवाफमा मेलम्ची आयोजनाको काम तीव्र गतिले अघि बढेको विभागीय कर्मचारीहरुले बताएका थिए ।  

 

प्रतिक्रिया दिनुहोस