काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रुपमा मनाइने बताएका छन् ।
मंगलवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले यस वर्षको लागि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि अदालतले अहिले जनयुद्ध दिवसमा बिदा दिनु उपयुक्त नहुने भन्दै त्यसलाई खारेज गर्दा अदालतको निर्णयलाई पालना गरेर जानु आफ्नो कर्तव्य भएको बताए ।
उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका श्रेष्ठले शान्ति प्रक्रियालाई पार गरिसकेपछि सरकारले अर्को निर्णय गरेर जनयुद्ध दिवसलाई सरकारी तर्फबाट नै औपचारिक रुपमा मनाउने स्थिति आउन सक्ने बताए ।वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिलेको उपलब्धिको रक्षा गर्नु आफूहरुको प्रमुख कार्यभार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनयुद्धमा बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक हुनुपर्छ : नारायणकाजी श्रेष्ठ
भारत र चीनसँगको सम्बन्धलाई बराबर प्राथमिकता दिनुपर्छ : नारायणकाजी श्रेष्ठ
समाजवाद उन्मुख नभईकन राष्ट्रिय पुँजीको विकास सम्भव छैन : नारायणकाजी श्रेष्ठ
वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन बनेको हो : नारायणकाजी श्रेष्ठ
कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक छः उपाध्यक्ष श्रेष्ठ