काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभईकन राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताएका छन् । बिहीबार काठमाडौँमा नेपालमा समाजवाद: चुनौती र सम्भावना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालका पूरा भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति रहेको बताए । उनले पुँजीवादी बाटोबाट राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताए । उनले समाजवादको आंशिक पक्षहरूको कार्यान्वयन गर्दै त्यसलाई विस्तारित गर्दै एउटा बिन्दुमा पुग्नुपर्ने बताए ।
उनले भने, ‘ नेपालका कम्प्लिट भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति नै हो । सामन्तवादी उत्पादन सम्बन्ध छैन भनेपछि मूलभूत रूपमा कहाँ कहाँ खोज्नुहुन्छ के अरू कुरा ? अहिले सामन्तवादी उत्पादन ढाँचा छैन । अवशेषको रूपमा छ । त्यो भनेको पुँजीवादी उत्पादन ढाँचामै छ ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिले सामन्तवादी उत्पादन ढाँचा नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० भदौ २०८१, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनयुद्धमा बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक हुनुपर्छ : नारायणकाजी श्रेष्ठ
भारत र चीनसँगको सम्बन्धलाई बराबर प्राथमिकता दिनुपर्छ : नारायणकाजी श्रेष्ठ
वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन बनेको हो : नारायणकाजी श्रेष्ठ
कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक छः उपाध्यक्ष श्रेष्ठ
अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवस होः गृहमन्त्री श्रेष्ठ