तीन शिक्षकसँग ७ दिने स्पष्टीकरण माग

सफल खबर संवाददाता

मंगलबार, ०१ फागुन २०८०, ०७ : ४८
तीन शिक्षकसँग ७ दिने स्पष्टीकरण माग

पोखरा । गण्डकी प्रदेशको शिक्षा विकास निर्देशनालयले तीनजना शिक्षकलाई स्पष्टीकरण सोधेको छ ।

लामो समयदेखि विद्यालयमा बिना सूचना अनुपस्थित भएको भन्दै निर्देशनालयले मञ्जु जोशी, नारादेवी गर्बुजा र सुजन गुरुङलाई स्पष्टीकरण सोधेको हो । 

सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित निर्देशनालयमा उपस्थित नभएमा कारबाही हुने सूचनामा उल्लेख छ ।