विप्लव पक्षसहित सबै असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्ताका लागि सरकारको आह्वान

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०७५, १७ : ०३
विप्लव पक्षसहित सबै असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्ताका लागि सरकारको आह्वान

काठमाडौँ । सरकारले विप्लव नेतृत्वका नेकपासहित सबै असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ ।

सरकारी बार्ता टोलीले आज सिंहदरवारमा पत्रकार सम्मेलन गरी सरकार सबै प्रकारका द्वन्द्व निर्मुल गरी सहमतिका माध्यमबाट शान्ति, सहिष्णुता र सद्भाव कायम गरी समावेशी, समतामुलक, न्यायपूर्ण र अग्रगामी राज्य निर्माण गर्न तयार रहेको जानकारी दिँदै वार्ताका लागि आह्वान गरेको हो ।

सरकार असहमति, विवाद र द्वन्द्वलाई वार्ताकै माध्यमबाट टुङ्गो लगाउन तयार रहेको वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले बताए ।

सरकारले गत भदौ ८ गते सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो । यो टोलीलाई संक्रममणकालिन अवसथामा भएका मधेस आन्दोलन तथा अन्य आन्दोलन र सरोकारवालासँग नेपाल सरकारको तर्फबाट वार्ता गरी सहमति, सम्झौता र समझदारीका विषयमा अध्ययन विश्लेषण गरी कार्यान्वयन गर्नका लागि आवाश्यक सुझावहरु सरकारलाई पेश गर्ने अधिकार प्राप्त छ ।

 

प्रतिक्रिया दिनुहोस