काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गाउँगाउँमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न कांग्रेस लाग्नुपर्ने बताएका छन् ।शुक्रबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा फरक धेरै छ भन्नेकुरा नागरिकलाई दिने सेवासुविधाबाट बुझाउन सक्नुपर्ने बताए ।
नेता सिंहले संघीय कानूनहरु बनाएर कार्यान्वयन गर्न नपाएको कारणले गर्दा कामकारबाहीमा ढिलासुस्ती भइरहेको बताए । उनले संघीयता लागू गर्न काम गर्नुपर्ने आवश्यकता रहेको बताए । आवश्यक संघीय कानून बनाउनका लागि संघीय संसदबाट काम गर्न जरुरी रहेको बताए ।
नेता सिंहले पार्टीलाई अहिलेको अवस्थाभन्दा राम्रो गर्नका लागि काम गर्नुपर्न बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक व्यवस्था बलियो बनाउन बलियो कांग्रेस जरुरी छ : नेता सिंह
प्रकाशमान सिंहको स्वास्थ्यवस्था बुझ्न कांग्रेस नेताहरू भारतमा
उपचारका लागि कांग्रेस नेता सिंह दिल्ली प्रस्थान
संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेस पछि हट्दैन : नेता सिंह
जोशी कांग्रेसको इतिहासलाई जीवन्त राख्ने व्यक्ति हुनुहुन्थ्यो : प्रकाशमान सिंह
जिम्मेवारीबाट भागेर प्रवृत्तिबारे कांग्रेस सचेत हुनुपर्छ : नेता सिंह