राज्यको सम्पत्ति दोहन गर्ने र सहकारी ठग्ने भीआईपी भए पनि पाता कसौं : गगन थापा

सफल खबर संवाददाता

शुक्रबार, २६ माघ २०८०, १४ : ३५
राज्यको सम्पत्ति दोहन गर्ने र सहकारी ठग्ने भीआईपी भए पनि पाता कसौं : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको सम्पत्ति दोहन गर्ने र सहकारी ठगी गर्ने जोसुकै भए पनि पाता कसेर कारबाही गरेमात्रै विधिको शासन हुने बताएका छन् । ​कांग्रेसको काठमाडौं जिल्ला सम्मेलनमा बोल्दै थापाले दोषी जोकुकै भए पनि उम्कन नमिल्ने बताएका हुन् ।

 

‘दोषी जोसुकै भए पन उम्कन मिल्दैन, तर निर्दोष पर्नुहुन्न । सर्वसाधारण नागरिकले देशको सार्वजनिक सम्पत्ति लुटेर लिए दण्ड हुन्छ । कसैले सहकारीलाई ठग्यो भने दण्ड हुन्छ । सुब्बाले राज्यको ढुकुटी दोहन गरे दण्ड हुन्छ’, थापाले भने, ‘भ्रष्टाचार ठगीमा कोही भीआईपी हुँदैन । जतिसुकै शक्तिशाली भए पन भीआईपी हुँदैन ।’​

 

शक्तिशालीलाई पनि कारबाही गर्नका लागि कांग्रेसले दरिलो आवाज उठाउनुपर्ने उनले बताए । ‘नक्कली कागज बनाएर नागरिकता बनाए पाता कसेर लान्छ । शक्तिशाली पनि पाता कसेर लगे विधिको शासन हुन्छ’, थापाले भने, ‘कांग्रेसले छाती खोलेर माथिदेखि तलसम्म विधिको शासनका लागि पहल, प्रभावकारी काम र अग्रसरता लिनुपर्छ ।’

३३२ वटा पालिका ३ हजार २६८ वडामा कांग्रेस रहेको भन्दै गुनासो नभई काम गर्न उनले आग्रह गरेका छन् । 

‘अरू पार्टीले चार वर्षपछि सम्हाल्छौं भन्न पाउँछन् । रातारात चमत्कार गर्छु भन्न सक्छन्’ थापाले भने, ‘तर स्थानीय तह, वडा, प्रदेश र केन्द्रको सरकारमा हामी छौं । यसैले सम्हाल्ने काम हाम्रो हो । वडा,  संघमा मन्त्री भएकोले जिम्मेवार भएर काम गर्नुपर्छ । डेलिभरी दिनैपर्छ । सुशासनलाई पार्टीले मन्त्र बनाउनुपर्छ । कुशासनबाट नागरिक आजित छन् ।’

प्रतिक्रिया दिनुहोस