क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता, रिजनले ‘डेब्यू' खेलमै लिए विकेट

सफल खबर संवाददाता

विहीबार, २५ माघ २०८०, १४ : १८
क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता, रिजनले ‘डेब्यू' खेलमै लिए विकेट

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत जारी पहिलो खेलमा क्यानडाविरुद्ध घरेलु टोली नेपाललाई पहिलो सफलता मिलेको छ ।नेपालका लागि रिजन ढकालले विकेट लिएका हुन् । रिजन डेब्यू खेलमै विकेट लिन सफल भएका हुन् ।

खेलअघि रिजनलाई नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्काले ‘डेब्यू क्याप’ प्रदान गरेका थिए ।क्यानडाले २.५ ओभरमा १९ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको हो ।

 

 

नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीवार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको हो । 

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६८ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र एक छक्का प्रहार गरे ।नेपालले विश्वकप क्रिकेट लिग–२ को तयारीस्वरूप क्यानडाविरुद्ध सिरिजको आयोजना गरेको हो । जारी खेलमा मध्यम गतिमा बलर रिजन र स्पीनर सूर्य तामाङले डेब्यू गरेका हुन् ।