काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको महाधिवेशनको कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी २०८१ जेठ २८, २९ र ३० गते धनुषामा हुने महाधिवेशनका लागि कार्यक्रम सार्वजनिक गरेको हो ।
जसअनुसार महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन तथा चयनको कार्यक्रम २०८० चैत्र २० गते देखि २०८१ वैशाख २० गते सम्म गरिसक्नु पर्ने जसपाले जनाएको छ । त्यसैगरि निर्वाचित महाधिवेशन प्रतिनिधिहरूको नामावली केन्द्रीय कार्यालयमा २०८१ वैशाख ३० गतेभित्र पठाइसक्नु पर्ने भनिएको छ ।
जसपाको प्रचार प्रसार तथा प्रकाशन विभागले सार्वजनिक गरेको कार्यक्रमअनुसार फागुन २५ गतेसम्म संगठित पार्टी सदस्यता वितरण तथा नवीकरण गरिसक्नुपर्ने भनिएको छ । २०८० मङ्सिर ३० गतेभित्र पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टीमा आबद्ध भएका र पार्टी संगठनमा कार्यरत रहेका पार्टी सदस्यहरूलाई मात्र संगठित पार्टी सदस्यता प्रदान गर्ने जसपाले जनाएको छ ।
चैत १० गतेभित्र संसदीय निर्वाचन क्षेत्र अनुसार संगठित पार्टी सदस्यहरूको अभिलेख तयार गरी जिल्ला समितिले राष्ट्रिय समिति, प्रदेश समिति हुँदै केन्द्रीय कार्यालयमा पठाउनुपर्ने कार्यक्रममा उल्लेख गरेको छ ।
चैत १० गतेभित्र संगठित पार्टी सदस्यतासम्बन्धी दाबी विरोध अथवा उजुरी दिन सकिने कार्यक्रममा उल्लेख छ । राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूबाट केन्द्रीय कार्यालयले निर्वाचन समिति गठन गर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ माघ २०८०, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश
जसपा नेपालका पाँच वटा केन्द्रीय विभागले पाए पूर्णता
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
कोशी नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस
जसपा नेपालले पदाधिकारीलाई अभियानमा खटायो