काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चालन गर्नुभएको मेची महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित भएको छ।
पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराती निधन भएकाले संवाद यात्रा स्थगित गरेका हुन् ।
झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले गहिरो दुःख व्यक्त गरे ।झापाबाट यही माघ १३ गते सुरु भएको संवाद यात्रा हुलाकी मार्ग हुँदै नवलपरासीको गोपीगञ्जसम्म पुगेको थियो।
उनको यो संवाद यात्रा यही २६ गते धनगढीमा पुगेर समापन गर्ने कार्यक्रम रहेको थियो। उनले नेपाली कांग्रेसले सञ्चालन गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत नै आफ्नो मेची महाकाली संवाद यात्रा सञ्चालन गरे थिए । उनले यात्राका क्रममा स्थानीय बासिन्दासँग विकास निर्माण, स्थानीय समस्या र असल अभ्यासका बारेमा छलफल गर्दै आएका थिए ।
अभियानका क्रममा भाषण र आसन ग्रहण नगरी जनताको कुरा नै धेरै सुन्ने तरिकाले कार्यक्रम गरेका थिए । स्थगित भएको कार्यक्रम पछि समय मिलाएर निरन्तरता दिई समापन गर्ने उनको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ माघ २०८०, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैतभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवेशनमा भाग लिन पाउँदैन : गगन थापा
राजनीतिभन्दा पर बसेर नायक बन्न विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव
सरकारी कर्मचारीलाई ३ सेवामा वर्गीकरण गर्न कांग्रेस महामन्त्री थापाको प्रस्ताव
उपनिर्वाचनको कमाण्ड विश्वप्रकाशले सम्हाल्ने
महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
यस्तो छ केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको मुकुल ढकालको प्रस्ताव (पूर्णपाठ)